अर्घाखाँचीमा पहिलोपटक भित्रियो बिजुली बाट चल्ने सार्वजनिक गाडी :स्थानिय द्वारा भव्य स्वागत

| २०८० असोज १२ गते २०: २५ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँची जिल्लामा आज बिजुली बाट चल्ने नयाँ गाडि भित्रीयको छ। 

सार्वजनिक यातायात अन्तरगत सन्चालन गर्ने गरि यो इलेक्ट्रीक गाडी ल्याइयको सो गाडिका धनी रुद्र गैरेले जानकारी गराउनु भयो। यात्रु सेवाका लागि पहिलोपटक  ल्याइयको यो EV ( Electronic Vehicle ) गाडी लाई स्थानीयले भव्य स्वागत समेत गरेका छन। 

KYC कम्पनिको ११ सिट पास भयको यो EV गाडी आज पत्थरकोट देखि सन्धिखर्क सम्म आइपुग्दाको उकालो,ओरालो,हिलो,खाल्डाखुल्डी,ढुङ्ग्यान सहितको बाटोमा बिना समस्या सजिलै गुडेको गाडिका चालक माधव ढाकालले बताउनु भयो। 

चालक ढकाल

चालक ढकाल अर्घाखाँचीका पुराना,अनुभवी र दक्ष चालक मानिनुहुन्छ। अर्घाखाँचीमा बर्षौ देखि डिजेल,पेट्रोल बाट संचालित हुने बस,हाइस,जिप,ट्याक्सी ,भ्यान लगायतका गाडिहरुले यात्रु ओसारपसार गर्दै आइरहेकोमा अब डिजेल,पेट्रोल बिनाको इलेक्ट्रीक गाडिले पनि यात्रुहरु लाई सेवा दिने छ। 

हाल लाई यो गाडी सबै प्रक्रिया पुर्यायर सन्धिखर्क देखि बुटवल र बुटवल देखि सन्धिखर्कको रुटमा संचालन हुनेछ भने इ -सेवा लगायतका अनलाइन माध्यम मार्फत टिकट बुकिङ्ग गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्