देउराली यातायात प्रा .लि अर्घाखाँचीले विद्युतीय सवारी सन्चालन गर्ने

| २०८० कार्तिक १९ गते २२: ०४ मा प्रकाशित

केशब पन्थी ,सन्धिखर्क। देउराली यातायात प्रा.लि. अर्घाखाँचीले विद्युतीय सवारी  संचालन गर्ने निर्णय  गरेको छ ।

बर्तमान समयकाे मागलाई मध्यनजर गर्दै आज  बसेको यस संस्थाको संचालक समितिको निर्णय अनुसार हाल नेपालमा भित्रिएको विद्युतीय सवारी (Eletrick Vechile - EV) संस्थाको नियमकाे अधिनमा रहि संचालन गर्ने निर्णय गरिएकाे प्रबक्ता  बलाराम भुसालले जानकारी दिनु भएको छ ।

देउराली यातायात प्रा.लि. अर्घाखाँचीले बिसौं बर्षदेखि जिल्लाकाे दुरदराजका गाउँहरूका कच्ची सडकमा हिउँद, वर्षा नभनि  अप्ठ्यारो अवस्थामा पनि सवारी जिप तथा देशका विभिन्न शहरमा आधुनिक डिलक्स सेवा संचालन गरिरहेकाे र अहिलेको माग अनुसार विद्युतीय सवारी पनि सन्चालन गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्