"दशै,तिहारमा यात्रु लाई कुनै समस्या हुन दियनौ" ब्यबसायी दिल खत्री

| २०८० मंसिर १२ गते १५: २५ मा प्रकाशित

तेजेन्द्र समशेर पाण्डेय,अर्घाखाँची। सुपादेउराली टुर्स एण्ड ट्राभल्स लाजपतनगर दिल्लिका संचालक दिल खत्रीले यस बर्षको दशै,तिहारमा भारतको दिल्ली बाट नेपालको अर्घाखाँची ,बुटवल ,दाङ्ग,पोखरा ,काठमाडौ ,प्युठान ,गुल्मी लगायतका ठाउमा जान यात्रुहरू लाई कुनै समस्या नभयको बताउनु भयो ।

अर्घाखाँची बुलेटिन सङ्ग कुरा गर्दै उहाले दशैको समयमा विशेष गरि यात्रु चाप बढेकाले आबश्यक गाडिहरु थप गरेर भयपनी सबै यात्रु लाई सेवा प्रदान गरेको जानकारी गराउनु भयो ।

त्यसैगरी दशै पछि नेपाल  बाट दिल्ली फिर्ता हुन र तिहारमा नेपाल जान ,आउनका लागि पनि यात्रुको माग बमोजिमका गाडिहरु उपलब्ध गरायको र झोला लगायतका सामानहरु धेरै हुने यात्रुहरु लाई समेत समितिको टिमले सहयोग गरेको ब्यबसायी खत्रीले बताउनु भयो।

नेपालमा बुटवलको इट्टाभट्टी लगायत विभिन्न ठाउमा शाखा कार्यालय रहेको सुपादेउराली टुर्स एण्ड ट्राभल्स नेपाल भारत बस संचालन गर्ने पुरानो र भरपर्दो ट्राभल्स मानिन्छ।

प्रतिक्रिया दिनुहोस्