अर्घाखाँचीको नरपानीस्थित साङखोला जंगलबाट चितुवा उद्वार गरी वर्दिया राष्ट्रिय निकुञ्जमा पठाइयो

| २०८० मंसिर १२ गते १७: ४४ मा प्रकाशित

अर्घाखाँची। डिभिजन बन कार्यलय अर्घाखाँची अन्तरगत सब डिभिजन कार्यलय सन्धिखर्क को नरपानि जङ्गल मा पासोमा फसेको चितुवा बन कार्यलयले उद्दार गरेको डिभिजन बन अधिकृत ईश्वरीप्रसाद पौडेलले जानकारी दिनु भयो । 

चितुवा पासोमा फसेको थाहा पाउना साथ सन्धिखर्क सव डिभिजन अधिकृत उमेश शाहाको नेतृत्वमा बन अधिकृत यादब सापकोटा अधिकृत छैटौं अरुण आचार्य बन प्राबिधिक लक्ष्मण भट्टराई वन कर्मचारी दामोदर घिमिरे मधु खनाल स्थानीय नरपानिमा रहेको प्रहरी चौकिबाट प्रहरी टोलि सो स्थानमा पुगेर चितुवाको उद्दार गरिएको डिभिजन बन अधिकृत ईश्वरीप्रसाद पौडेलले जानकारी दिनु भयो । 

उद्दार गरिएको चितुवा वर्दिया राष्ट्रिय निकुञ्ज पठाईएको पौडेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्