नेकपा (माओबादी केन्द्र) जिल्ला समन्वय समिति अर्घाखाँचीद्वारा दुई वटा नगरकमिटीको संयुक्त प्रशिक्षण कार्यक्रम सम्पन्न

| २०८० मंसिर १३ गते १८: ५५ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।मंसिर १३- नेकपा ( माओबादी केन्द्र ) जिल्ला समन्वय समिति अर्घाखाँचीले जिल्लाको दुईवटा नगरपालिकाहरु सन्धिखर्क नगरपालिका तथा भुमिकास्थान नगरपालिका नगरकमिटी सदस्य तथा वडा अध्यक्षहरुको संयुक्त प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

 ( माओबादी केन्द्र ) जिल्ला समन्वय समिति अर्घाखाँची

पार्टी केन्द्रिय सदस्य तथा तीन महिने बिषेश रुपान्तरण अभियान अर्घाखाँचीका इन्चार्ज बामदेब क्षेत्रीको प्रमुख आतिथ्यतामा शुरु प्रशिक्षण कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष शुर्दशन बराल , केन्द्रिय सदस्य ठाकुर कुमार बिक , प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक राजेन्द्र भुसाल प्रदेश समितिका सदस्य लगाएतको उपस्थित रहेको थियो ।

माओबादी केन्द्र

प्रशिक्षणमा पार्टी केन्द्रिय सदस्य बामदेब क्षेत्रीले दर्शनशास्त्र ,केन्द्रिय सदस्य तथा प्रदेश अध्यक्ष सुदर्शन बरालले शुसासन सामाजिक न्याय सहितको समृद्धि तथा केन्द्रिय सदस्य ठाकुर कुमार बिकले कम्युनिस्ट संगठन र संगठनात्मक सिद्धान्तहरुको बारेमा प्रशिक्षित गरेका थिए ।

केन्द्रिय सदस्य ठाकुर कुमार बिक

प्रशिक्षण कार्यक्रम  भुमिकास्थान नगरकमिटीका अध्यक्ष नरेन्द्रमान मुखियाको अध्यक्षता तथा सन्धिखर्क नगरकमिटीका सचीव बिष्णु ढुङ्गानाको संचालनमा शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्