काङ्ग्रेस लुम्बिनी प्रदेश सम्मेलनमा अर्घाखाँचीका सभापति श्रेष्ठ सम्मानित

| २०८० मंसिर १६ गते २१: ५७ मा प्रकाशित

बुटवल ।नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले उत्कृष्ट काम गर्ने भन्दै नेपाली काङ्ग्रेस अर्घाखाँचीका सभापति केशब श्रेष्ठ लाई सम्मानित गरेको छ ।

अर्घाखाँची सभापति केशब श्रेष्ठ, गुल्मी सभापति खिलध्वज पन्थी र दाङ संकर डागीलाई नेपाली काङ्ग्रेस पार्टी सभापति शेर बहादुर देउवा ,बरिस्ठ नेता शेखर कोईराला र प्रदेश सभापति अमर सिह पुनले सम्मान गरेका हुन । तिनै जिल्ला कार्यसमितिले सम्मेलनहरु समयमा सम्पन्न गरिसकेकोले सम्मान गरिएको हो।

लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले सहयोग गर्ने केन्द्रिय सदस्य बालकृष्ण खाण लगायतलाई सम्मान समेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्