अर्घाखाँची पर्यटन प्रवर्द्धन २०८० को लोगो सार्वजनिक

| २०८० पौष १ गते १७: २५ मा प्रकाशित

नबिन रसाईली ,हृदय भुसाल ,सन्धिखर्क।अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रम २०८० को लोगो सार्वजनिक भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गर्न लागेको पर्यटन प्रबद्र्धन कार्यक्रमको लागो आज आइतबार सार्वजनिक भएको हो ।

“आर्थिक विकास, पर्यटन प्रबद्र्धन र स्थानीय रोजगारीका लागि” भन्ने नाराका साथ पत्रकार महासंघ अर्घाखाँचीले पर्यटन प्रबद्र्धन कार्यक्रम आयोजना गर्न लागेको महासंघका अध्यक्ष अशोक खनालले जानकारी दिए । उनले अर्घाखाँचीका पर्यटकीय क्षेत्रलाई स्वदेश तथा विदेशमा परिचित गराउनका लागि यो कार्यक्रमको आयोजना गर्न लागको बताए ।

 “जब देशमा आर्थिक संकट आउन्छ तब पर्यटन प्रबद्र्धनका कुराहरु आउन्छन्, किनभने पर्यवसाय आर्थिक समृद्धिको मेरुदण्ड नै हो,”खनालले भने “पत्रकार महासंघ अर्घाखाँचीले यहाँका पर्यटकीय क्षेत्रलाई देश विदेशमा परिचित गराउने लक्ष्य लिएको छ ।”

अर्घाखाँचीमा घुम्न लायक धेरै ठाउँहरु छन् । सुपा देउराली मन्दिर, पाणिनी तपोभुमी, अर्घा भगवति मन्दिर, तेह्र तले मन्दिर, बल्कोट पौवा, मालारानी मन्दिर सेङलेङ दह, डमरु दह जस्ता पर्यटकीय स्थलहरु यहाँ पर्दछन् । जुन प्रचार–प्रसारको कमीले पर्यटकको रोजाईमा पर्न सकेका छैनन् । पत्रकार महासंघले यहाँका यी पर्यटकीय क्षेत्रलाई प्रचार प्रसार गर्नका लागि पर्यटन प्रबद्र्धन कार्यक्रम गर्न लागेको छ ।

पर्यटन प्रबद्र्धन कार्यक्रमको उद्घाटन् माघ मा हुने पत्रकार महासंघ अर्घाखाँचीले जनाएको छ । महासंघले नेपाल सरकारका प्रमुख प्रधानमन्त्री पुष्प कमल दाहालद्वारा अभियानको उद्घाटन् गर्ने तयारी भएको जानकारी दिएको हो । पर्यटन प्रबद्र्धनका विभिन्न चरणका अभियानहरु संचालन हुने छन् ।

प्रतिक्रिया दिनुहोस्