सन्धिखर्क नगरपालिकाद्वारा मेलमिलाप सम्बन्धि आधारभुत तालिमको शुभारम्भ भएको छ।

| २०८० पौष ९ गते १३: ०६ मा प्रकाशित

सन्धिखर्क नगरपालिकाले आफ्नो नगरपालिका भित्रका १२ वटै वडा अध्यक्ष न्यायिक समितिका सदस्य तथा वडा कार्यलयको सामाजिक अभियन्ताहरु लाई ८ दिने आधारभुत तालीम संचालन गर्ने भएको छ प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको सहजीकरणमा आयोजित उदघाटन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ , प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल , जिल्ला अदालत का श्रेतेदार नारायण पौडेल , प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौर , निमित्त प्रमुख प्रशासकिय अधिकृत नबराज गौतम ,बैधानिक वकिल जगन्नाथ भुसाल ,बार यसोसियसनका सचीव देबेन्द्र बन्जाडे सहजकर्ताहरु राजन राई नेत्र प्रसाद धिताल वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुख हरु मेलमिलाप कर्ताहरु पत्रकार महासंघका जिल्ला अध्यक्ष लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले मेलमिलाप केन्द्र बाट गरिने सहजताको कार्यबाट समाज एकीकृत हुने कुनै किसिमको द्वन्द नहुने जुन बिषयमा विवाद हुन्छ उसैको बिषमा केन्द्रिय हुने कुरामा जोड दिएका थिए सन्धिखर्क नगरपालिकामा एघार उजुरी परे मध्ये आठवटा उजुरी फर्छौट भइ सकेको तथा तिनवटा उजुरी बाकी रहेको जानकारी गराइएको थियो ।
कार्यक्रमका योजना शाखाका प्रमुख दिलिप केसिले न्यायिक समितिले गरेको कार्यप्रगतीको विवरण प्रस्तुत गरेका थिए । कार्यक्रम सन्धिखर्क नगरपालिकाका नगरउपप्रमुख तथा न्यायिक समितिका संयोजक मिश्रा आचार्यको अध्यक्षता न्यायिक समितिका सदस्य चोपनारायण श्रेष्ठको स्वागत मन्तव्य तथा नगरपालिकाका उजुरी प्रशासक धर्मराज भुसालको संचालनमा सम्पन्न भएको थियो ।  

 

प्रतिक्रिया दिनुहोस्