डा. मुक्ती श्रेष्ठको नेतृत्वमा नेपाली कांग्रेस अर्घाखाँची काठमाडौ सम्पर्क समिति गठन

| २०८० पौष २२ गते १८: ०१ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। नेपाली कांग्रेस अर्घाखाँचीले आफ्नो संगठनलाई चुस्त, दुरुस्त र प्रभावकारी हिसाबले सन्चालन गर्ने उद्देश्यले विभिन्न भातृ तथा शुभेच्छुक संस्था गठनको कार्यलाई तिव्रता दिएको छ । यसै बिचमा अर्घाखाँची जिल्ला स्थायी ठेगाना भइ पेशा वा व्यवसायको सिलसिलामा काठमाडौ वा आसपासका क्षेत्रमा रहने नेपाली कांग्रेसमा आस्थावान व्यक्तिहरुको छाता संगठनका रुपमा रहने गरि अर्घाखाँची काठमाडौ सम्पर्क समिती गठन भएको हो । 

नेपाली कांग्रेस अर्घाखाँचीको पदाधिकारी वैठकको निर्णय अनुसार हिजो काठमाडौ स्थित नेपाल ल क्याम्पसको सभाहलमा भएको भेलाले नेपाली कांग्रेसका महासमिति सदस्य डा. मुक्तिराम श्रेष्ठको नेतृत्वमा ३१ सदस्यीय तदर्थ कार्यसमिति गठन गरेको जिल्ला सहसचिव श्री कमल पौडेलले जानाकारी दिनुभयो । समितिलाई एक वर्षको अवधिमा विधिवत अधिवेशन पूरा गरि पुर्ण रुपमा कार्यसमिति निर्माण गरि हस्तान्तरण गर्ने अधिकार सहित जिम्मेवारी तोकिएको पार्टिका जिल्ला सभापति श्री केशव श्रेष्ठले जानकारी गराउनुभयो ।

तदर्थ समितिको सभापतिमा डा. मुक्तिराम श्रेष्ठ, उपसभापतिमा डा. चिरञ्जीवी भट्टराई (भुमिकास्थान-०९), श्री कृपाराम पोख्रेल (मालारानी-०४), सचिवमा श्री अमृत कुमार पन्थी (छत्रदेव-०२), श्री किरण पोख्रेल (सन्धिखर्क-०९), सहसचिवमा श्री तुल्सिराम अधिकारी (शितगंगा-०३), कोषाध्यक्षमा श्री सावित्रा बेल्वासे (शितगंगा-०२), सदस्यमा छत्रदेव गाउँपालिकाको प्रतिनिधित्व गर्दै श्री नेत्र प्रसाद पौडेल (छत्रदेव-०६), श्री तारा प्रसाद फुल्लेल (छत्रदेव-०८), श्री शान्ता अर्याल (छत्रदेव-०१) रहनुभएको छ भने अन्य पालिकाहरुबाट समेत सम्बन्धित पालिका समितिबाट सिफारिस हुन आएका व्यक्तिहरु समावेश गरि छिट्टै नै कार्यसमितिलाई पुर्णता दिइने कुराको जानकारी नवगठित समितिका सभापति श्रेष्ठले दिनुभयो ।

कार्यक्रममा उपस्थित सबैजसो व्यक्ति तथा नेताहरुका अनुसार विचार, दृष्टिकोण र व्यवहारमा अब्बल कांग्रेस निर्माण गर्न सबैले हातेमालो गर्नुपर्ने साथै पार्टी भित्र देखिएको गुट/उपगुटको चक्रबाट बाहिर निस्किनु पर्ने कुरामा जोड दिएका थिए । नेपाली कांग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीका सभापति श्री केशव श्रेष्ठको सभापतित्वमा सन्चालन भएको कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश कार्यसमिति सहमहामन्त्री श्री विष्णु प्रसाद खनाल 'मुस्कान' रहनुभएको थियो भने कार्यक्रम जिल्ला सहसचिव श्री कमल पौडेलको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्