अर्घाखाँचीमा ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुबेला रोग विरुद्धको खोप दिईने

| २०८० फागुन ३ गते १८: १९ मा प्रकाशित

सागर परियार,अर्घाखाँची।अर्घाखाँचीमा जिल्ला स्तरीय दादुरा रुबेला रोग विरुद्धको खोप अभियान संचालनको लागि अभिमुखीकरण तथा योजना तर्जमा गोष्ठी बुधबार देखि सन्धिखर्कमा सुरु भएको छ । फागुन १३ गते देखि १७ गतेसम्म जिल्लाका ६१ वटा वडामा खोप अभियान संचालन गर्नको लागि कार्यक्रम संचालन गरिएको हो ।

जिल्ला स्तरीय दादुरा रुबेला रोग विरुद्धको खोप

अर्घाखाँचीका ९ महिनादेखि ५ वर्ष मुनिका सम्पुर्ण बालबालिकाहरुलाई दादुरा रुबेला रोग विरुद्धको खोप दिइने भएको छ । स्थानीय तह र स्वास्थ्य संस्थास्तर सम्म संचालन गरिने  दादुरा रुवेला खोप अभियान संचालनको लागी सहजकर्ताको क्षमता अभिवृद्धि गर्ने, अभियान मार्फत नियमित खोप सुदृढीकरणको प्रक्रिया र औचित्यको बारेमा  जानकारी गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका  कार्यालय प्रमुख शिव नेपालीले बताउनु भयो ।

अर्घाखाँचीका ९ महिनादेखि ५ वर्ष मुनिका सम्पुर्ण बालबालिकाहरुलाई दादुरा रुबेला रोग विरुद्धको खोप

कार्यक्रममा गुणस्तर अनुगमन अधिकृत वाटर एड स्वास्थ्य निर्देशनालय लुम्विनी प्रदेशका मनोज नेपाल (खुसीखुसी) ले प्रदेश,जिल्ला र पालिका स्तरिय सुस्म योजना अभिमुखिकरण तथा सहजिकरण नियामित रुपमा खोप संगै सरसफाई प्रवद्र्धनको संयुक्त अनुगमन सहयोगमा सुपरिवेक्षणको भुमिका निर्वाह गर्दै सहभागीहरुलाई उत्प्रेरणा प्रदान गरिरहनु भएको छ ।

त्यस्तै खोप अभियानको औचित्य, कार्यनिति र खोपमा जिल्लाको अबस्थाको बारेमा स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत बिजय बरालले  सहजीकरण गर्नु भएको छ ।

कार्यक्रममा जिल्लाका ६ वटा स्थानीय तह मध्ये हिजो पहिलो चरणमा शितगंगा नगरपालिका र पाणिनि गाउँपालिकालाई र आज सन्धिखर्क नगरपालिका र छत्रदेव गाउँपालिकालाई  भोलि भुमिकास्थान नगरपालिका र मालारानीलाई समावेश गरिएको छ । कार्यक्रममा पालिकाका स्वास्थ्य शाखा प्रमुख र वडामा रहेका स्वास्थ्यक्रर्मीहरुको सहभागीता रहेको छ ।

कार्यक्रममा अर्घाखाँची अस्पतालका निमित्त प्रमुख डा.अशोक शाह,सहजकर्ता मनोज नेपाल, लगायतको सहभागीता रहेको थियो भने कार्यक्रम स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख शिव नेपालीको अध्यक्षता, कार्यक्रम सुपरभाइजर विजय बरालकको स्वागत र कोल्ड चेन सुपरभाइजर सुदनराज गौतमले कार्यक्रम संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्