प्रथम "प्रकाश महत स्मृति" खुल्ला जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा अर्घाखाँचीबुलेटिन र ईलाभेन ब्रदर्स को विजय शुरुवात

| २०८० फागुन १४ गते १८: ५३ मा प्रकाशित

पूजा कुँवर ,अर्घाखाँची। 
फाल्गुन १४ - नेपाल खेलकुद महासंघ जिल्ला कमिटी अर्घाखाँचीले आयाेजना गरेको प्रथम "प्रकाश महत स्मृति" खुल्ला जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको पहिलो दिनको पहिलो खेलमा ईलाभेन ब्रदर्स डिभर्ना "बि" ले युएसिसि अर्घालाई ,२ विकेटले पराजित गरेको छ। 

ईलाभेन ब्रदर्स डिभर्ना "बि" 

युएसिसि अर्घाले पहिलो ब्याटिंग गर्दै ईलाभेन ब्रदर्स डिभर्ना "बि"लाई जितको लागी ६२ रनको लक्ष्य दिएको थियो।

१५ ओभरको खेलमा ६२ रनको लक्ष्य पछ्याईरहेको  ईलाभेन ब्रदर्स डिभर्ना "बिले आफ्ना ८ विकेट गुमाउँदै २ विकेटले जित निकालेको थियो।पहिलो खेलमा उत्कृष्ट खेलाडी कृष्ण कुँवर चुनिएका थिए। 

उत्कृष्ट खेलाडी कृष्ण कुँवर चुनिए

त्यस्तै पहिलो दिनको दोश्रो खेलमा अर्घाखाँची क्रिकेट एकेडेमीले पहिलो ब्याटिंग गर्दै अर्घाखाँची बुलेटिन क्रिकेट क्लबलाई जितको लागी ५७ रनको लक्ष्य दिएको थियो। ५७ रनको लक्ष्य पछ्याईरहेको अर्घाखाँची बुलेटिन क्रिकेट क्लबले आफ्ना ५ विकेट गुमाउँदै अर्घाखाँची क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गरेको छ। 

दोश्रो खेलमा अर्घाखाँची बुलेटिन क्रिकेट क्लवका बलर ,अगष्ट श्रेष्ठ  ले ५ विकेट ल्याउदै म्यान अफ द म्याच बनेका थिए। 

म्यान अफ द म्याच अगष्ट श्रेष्ठ 

प्रतिक्रिया दिनुहोस्