अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा क्यान्सर पिडित बाबुराम पौडेललाई आर्थिक सहयोग

| २०८० फागुन १६ गते २२: ४७ मा प्रकाशित

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले  क्यान्सर पिडित बाबुराम  पौडेललाई आर्थिक सहयोग गरेको छ ।

संस्थाका सचिब माधब खनालको संयोजकत्वमा  कोरिया बस्दै आउनुभएका जिल्लाबासिहरुले आर्थिक अभियान चलाउनु भएको थियो ।यसरी कोरियामा कार्यरत नेपाली दाजुभाईहरुले आफु सक्दो सहयोग गरि जम्मा भएको रकम  मालारानि निवासि हाल क्यान्सर अस्पताल भक्तपुरमा उपचारगराईरहनु भएका बिरामी  बाबुराम पौडेललाई सहयोग गरिएको हो ।

 कोरियाबाट पठाएको रु १  लाख २६ हजार ,  संस्थाका पुर्व सल्लाहाकार तथा संरक्षक प्रकाश दाइ र संस्थाका सदस्य मनोज बेल्बासेले हस्तान्तरण गर्नुभएको हो।

 उहाँहरुले बाबुरामजिको स्वास्थ्य अबस्थाको बारेमा पनि जानकारि लिनुभएको थियो ।जस अनुसार , दुई बर्ष पहिले क्यान्सर देखिएपछि उहाँको खुट्टा काट्नु परेको र त्यसको ९ महिना पछि फेरि काछमा  क्यान्सर देखिन गएपछि अप्रेसन गरिएको थियो ।

त्यसपछि पनि क्यान्सर निको नभएको हुँदा हाल भक्तपुर क्यान्सर अस्पतालमा किमियोथेरापि गराईरहनुभएको छ र सहजताको लागि नजिकै ६ हजारको रुम लिएर बस्दै आउनुभएको छ । 

अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले बिगतमा पनि  बिरामीहरुका लागी सक्दो सहयोग गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्