अर्घाखाँची बुलेटिनले जित्यो प्रथम प्रकाश महत स्मृति कप खुल्ला क्रीकेट प्रतियोगिताको उपाधी: द्वितीय किमडांडा

| २०८० फागुन १७ गते १९: ५६ मा प्रकाशित

पूजा कुँवर ,अर्घाखाँची।  अर्घाखाँची प्रथम प्रकाश महत स्मृति कप खुल्ला क्रीकेट प्रतियोगिता २०८० को उपाधी अर्घाखाँची बुलेटिन क्रीकेट क्लबले हात पार्न सफल भएको छ ।  उपाधी सङ्गै प्रथम हुने अर्घाखाँची बुलेटिनको टोलिले ५०  हजार नगद , ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

नेपाल खेलकुद महासङ्गघ जिल्ला कमिटी अर्घाखाँचीको आयोजनामा यहि फाल्गुन १४ गते बाट सुरु भएको प्रतियोगितामा अर्घाखाँची भित्रका विभिन्न टोलिहरुको सहभागिता रहेको थियो । यस्तै दोश्रो भएको सौजन्य समाज किमडाडाले तीस हजार,ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

खेल अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा रहेको टुडिखेलमा भएको थियो ।खेल आज सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्