स्वास्थ्यमा समस्या देखिएपछि टोपबहादुर रायमाझी अस्पताल भर्ना

| २०८० चैत १४ गते २०: ४७ मा प्रकाशित

काठमाडौं ।पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता रहेको आरोपमा अनुसन्धानमा रहेका पूर्वउपप्रधानमन्त्री रायमाझीलाई बुधवार बिहान उपचारका लागि सुन्धरा कारागार देखि महाराजगन्ज स्थित टिचिङ अस्पतालमामा लगिएको हो । अहिले उनको उपचार टिचिङ अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भइरहेको छ ।

 बुधवार बिहान देखि इमरजेन्सी शाखामा राखेर उपचार गरिएकोमा अहिले उनलाई अपचारको थप आवश्यक परेपछि उक्त शाखाको ४७८ बेडमा भर्ना गरिएको छ।

विगत छ महिना देखि सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचार गराइरहेका रायमाझी तीन महिना यता नियमित फलोअपमा थिए ।

प्रतिक्रिया दिनुहोस्