सरोकार वालासग जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम

| २०८० चैत १८ गते १७: २१ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। 
अर्घाखाँची चैत्र -१९ डिभिजन बन कार्यालय अर्घाखाँचीद्वारा बन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धि सरोकार वालासग जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम तथा जिल्ला बन समन्वय समिति, जिल्ला बन शुरक्षा समितिको संयुक्त  बैठक सन्धिखर्कमा सम्पन्न भएको छ।

आइतबार डिभिजन बन कार्यलय अर्घाखाँचीको सभाहलमा सम्पन्न बैठकले निम्ना अनुसारको प्रस्ताव गरेको छ ।बैठकले - डिभिजन बन कार्यालय अर्घाखाँचीको बन डढेलो नियन्त्रण कार्ययोजना स्थानीयतहको सुझाव अनुसार स्वीकृत एबम कार्यन्यन गर्ने।
  
-बन ढढेलो नियन्त्रणमा अहम् भुमिका निर्बाह गर्ने  विभिन्न क्षेत्र संघ संस्था समुह प्रती ब्याक्ती जनही रु.१०००० डिभिजन बन कार्यालयले सम्बन्धित सरोकारवाला हरुको सिफारिसमा पुरस्कारका लागी छुट्टाउने र सो पुरस्कार बन डढेलो समिक्षा बितरण गर्ने।

 -डिभिजन बन कार्यालयको बाषिक कार्यक्रम अनुसार बन डढेलो रोकथाम तथा नियन्त्रणका लागी जनचेतना मुलक डेमो कार्यक्रमहरु संचालन कार्य लाई जारी राख्ने साथै सबै स्थानीयतहमा बन डढेलो नियन्त्रणका लागी ब्यापक प्रचार प्रसार तथा आबश्यक श्रोत ब्याबस्थापन गर्नका लागी  अनुरोध गर्ने ।

 -अर्घाखाँची जिल्लामा लाग्ने आकस्मिक डढेलो नियन्त्रण गर्न शुरक्षा निकाय एबम बन कार्यलयको संयुक्त प्रयास बाट Quick response tem गठन गरि सो को परिचालन गर्ने ।

 जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइरालाको अध्यक्षतामा  बसेको सम्पन्न बैठकमा भुमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापा , छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ , प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री , जिल्ला स्थित शुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि हरु जिल्ला स्थित सरोकार वाला कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु , डिभिजन बन कार्यालय  अर्घाखाँचीका  प्रमुख ईश्वरि प्रसाद पौडेल लगायत अधिकृत कर्मचारीहरु विभिन्न सामुदायिक बन उपभोक्त , बन सग सम्बन्धि समुहका प्रतिनिधि  तथा संचारकर्मीहरुको उपस्थिति रहेको बैठकको बाषिकि  कार्यक्रम प्रस्तुतिकरण  बन अधिकृत यादव साबकोटाको प्रस्तुतिकरण , बन अधिकृत मदन ढुङानाको स्वागत मन्तब्य तथा नायब सुब्बा अरुण आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्