नेपाल पत्रकार महासंघ अर्घाखाँचीले संचालन गरेको आर्थिक बिकास,पर्यटन प्रवद्र्धन र स्थानिय रोजगारी

| २०८० चैत १९ गते २१: १० मा प्रकाशित

हृदय भुसाल अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले संचालन गरेको आर्थिक बिकास,पर्यटन प्रवद्र्धन र स्थानिय रोजगारीका लागी अर्घाखाँची पर्यटन प्रवद्र्धन अभियान संचालन गरि नेपाल सरकारका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डबाट उद्घाटन भई अभियान बिभिन्न प्रचारात्मक कार्यक्रम मार्फत अगाडी बढेको पत्रकार महासंघले जनाएको छ ।

अभियानको दोस्रो चरण अनुसार स्थानिय तह हरुले सिफारिस गरेका जिल्लाका मुख्य १९ गन्तब्य  मध्ये मंगलवार भुमिकास्थान नगरपालिकाका  मुख्य ३ गन्तब्य भुमे मन्दिर,पाथीभरा मन्दिर तथा सेङ्गलेङ्ग दह मृहस्थली झरनामा पुगी स्थलगत रिपोटिङ्ग गरेको अभियानका प्रवकता हृदय भुसालले बताए ।

जिल्लाको मुख्य पर्यटकिय गन्तब्य भुमे मन्दिर भुमिकास्थान नगरपालिका वडा २ ढाकावाङ्ग खाकवेसीको किनारमा भुमे मन्दिर अवस्थित रहेको छ । यसै भुमे मन्दिरकै नामबाट भुमिकास्थान नगरपालिकाको नामाकरण गरिएको भन्दै यसको धार्मिक महत्व निकै वढ्दै गएकोले एकपटक सवैले अवलोकन गर्नुपर्ने वडा नम्बर २ का अध्यक्ष बुद्धि बहादुर थापाले बताए । प्रकृतीको पहिलो पुँजाको रुपमा भुमिकै पुजा गर्ने,अन्न अन्नाज उत्पादका बेला सुरुमा आयर मन्दिरमा चढाउने प्रचलन रहेको समितीका अध्यक्ष बिरु भट्टराईले बताए ।

प्राचिनकालका राजा मिथिला राजाबिच सम्बन्ध स्थापित भएको उनिहरुको समन्वयमा शासन गर्ने गरेको र मिशिला राजाको आदेश अनुसार भुमिकास्थानमा भुमिका पुजा गर्ने किम्बन्ती बसेको साथै यस मन्दिरमा जेठेपुर्णिमामा खाकवेसी खोलामा ठुलो धार्मिक मेला र ढाकावाङ्ग पिपलनेटामा सांस्कृतिक मेला समेत लाग्ने स्थानियवासी दामोदर खनालले बताए । संगै भगवती मन्दिर समेत रहेको छ । उतम क्षेत्रका मानिसहरुले जेठे पुर्णिमालाई भुमिपुर्णिमा समेत भन्ने गरेका पाईन्छ । प्राकृतिक र वातावरणिय हिसावले र मनोआकाच्छा पुग्ने हुदाँ एकपटक भुमे मन्दिरको दर्शन गर्न स्थानियले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्