जिल्ला बुलेटिन

अर्घाखाँचीका अतिरिक्त हुलाकका कर्मचारीहरुको चेतावनी: माग पुरा नभए जिल्ला हुलाकमा धर्ना बस्छौँ

२०८० जेठ २९

गोपालप्रसाद भट्टराई जेठ-२९,अर्घाखाँची - जेठ १८ गतेदेखि कार्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका अर्घाखाँचीका अतिरिक्त हुलाकका कर्मचारीहरुले थप संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । सरकारले आगामी आर्थिक बर्षदेखि अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेपछि कर्मचारीले बिरोध स्वरुप कार्यालय बन्द गराउँदै आएकोमा अबदेखि हातमा कालोपट्टी बाँध्ने,नाराजुलुस सहित प्रदर्शन गर्ने र राज्यलाई खबरदारी गर्ने घोषणा गरेका हुन् ।