‘शिक्षकहरूलाई फेल गराएर घर पठाउने नियतका साथ शिक्षा विधेयक ल्याइयो’

| २०८० भदौ २७ गते १७: ०१ मा प्रकाशित

काठमाडौँ । संसदमा दर्ता भएको ‘विद्यालय शिक्षा ऐन २०८०’ को विधेयकप्रति राहत शिक्षकहरूले आपत्ति जनाएका छन् । उनीहरूले लामो समयदेखि राहत कोटामा मार्फत काम गर्दै आएका ४० हजार शिक्षकमाथि अन्याय भएको भन्दै उनीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

परीक्षाको नाममा फेल गराएर शिक्षकहरूलाई घर पठाउने षड्यन्त्र गर्न लागिएको भन्दै सडक र सदनमा आन्दोलन थालिने नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए ।  ४० हजार राहत शिक्षकहरूलाई घर पठाउने षडयन्त्र भइरहेको र त्यसैका विरुद्धमा आन्दोलनको विकल्प नरहेको उनको भनाइ छ । 

विगत लामो समयदेखि सामुदायिक विद्यालयमा राहत शिक्षकहरू कार्यरत रहेको र उनीहरूको व्यवस्थापनको नाममा घर फिर्ता पठाउने खेल भइरहेको बताए । अहिलेको विद्यालय शिक्षा ऐनको विधेयकमा ५० प्रतिशत आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गराउने भन्ने छ ।

बाँकी ५० प्रतिशतलाई खुला प्रतिस्पर्धामार्फत स्थायी गराउने भन्ने प्रस्तावित विधेयकमा छ ।   ‘यत्रो वर्ष काम गरेका साथीहरूलाई घर पठाउने खेल देखिएको छ । गोल्डेन हेण्डसेक भनेको हामीलाई फेल गराएर घर पठाउने रणनीति हो’ उनले भने । 

माग सम्बोधनका लागि सडक र सदन आन्दोलन सँगसँगै अगाडि बढाउने नउको भनाई छ ।स्रोत - रातो पाटि 

प्रतिक्रिया दिनुहोस्