शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप

| २०८० असोज १० गते १३: ५३ मा प्रकाशित

काठमाडौँ । राहत शिक्षकको आन्दोलनमा प्रहरीले धरपकड गरेको छ । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरूको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो । निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बार लगाएर बसेको प्रहरीले केही शिक्षकलाई लाठीचार्ज समेत गरेको हो ।

शिक्षक महासङ्घले सरकारसँगको वार्तापछि आन्दोलन फिर्ता लिए पनि राहत शिक्षकले भने माग पूरा नभएको भन्दै आन्दोलन जारी राखेका छन् । बुधवार शिक्षकहरूले माइतीघर नयाँ बानेश्वर सडकको मुख्य लेनबाटै प्रदर्शन गरेका कारण सो सडक भएर चल्ने गाडीहरु बन्द भएका थिए ।द नेपाल टप 

प्रतिक्रिया दिनुहोस्