गायक तथा सर्जक चर्चित एरेञ्जर कमल सौरागको आवाज मा रहेको "विश्वकपमा हामी गोर्खाली" बोलको गीति एल्बम सार्वजनिक(भिडियो-सहित)

| २०८१ जेठ २८ गते २१: ०२ मा प्रकाशित

काठमाण्डौ। गायक तथा सर्जक चर्चित एरेञ्जर कमल सौरागको आवाज मा रहेको "विश्वकपमा हामी गोर्खाली ,विश्व कपमा हामी नेपाली" बोलको गीति एल्बम सार्वजनिक भएको छ। 

भुपेन्द्र बुढाथोकीको शब्द संकलन मा रहेको यस गितमा गायक कमल सौरगको आवाज र एरेन्ज हेको छ भने मिश्रण मास्टरिंगमा कुमार राणा,अडियो भिडियोमा भूपेन्द्र बुढाथोकी अधिकारी  ,भिडियो फुटेजमा,साजन लामिछाने/क्यान,सम्पादनमा सन्दिप डाँगी,र पब्लिसिटी डिजाइनमा एलेक्स डिजाइनको महत्वपूर्ण भूमिका रहेको छ। 

यस्ता छन देशप्रति समर्पित "बिश्वकपमा हामी गोर्खाली ,बिश्व कपमा हामी नेपाली" भन्ने गीति एल्बमका शब्दहरु - 

नेपाली नेपाली 
विश्वकपमा हामी गोर्खाली

खेल नै हाम्रो सान 
खेल्ने हामी खेलाडी 
छ्क्का चौका हानेर 
गर्जनेछौं यसपालि

नेपाली नेपाली 
विश्व कपमा हामी गोर्खाली
     
गोर्खालिको ईतिहास फेरी दोहोर्याउनु छ
विश्व कप क्रिकेटमा झन्डा लहराउनु छ
छ्क्का चौका हान्दा खेरी 
गोर्खालि भन्दै मैदान थर्काउनु छ् 

नेपाली नेपाली 
विश्व कपमा हामी गोर्खाली 

देश चिनाउन हामी ज्यानकै बाजी लाउनेछौ 
नेपालको क्रिकेट खेल विश्वलाई चिनाउनेछौ
छक्का चौका हानेर गर्जनेछौ यसपाली 
 
नेपाली नेपाली 
बिस्व कपमा हामी गोर्खाली 

प्रतिक्रिया दिनुहोस्