हत्तेरिका, यस्तो पनि देश : प्रकाश बेल्वासे

| २०७८ कार्तिक १० गते २२: २८ मा प्रकाशित

प्रकाश बेल्वासे ,अर्घाखाँची ।मस्तिस्क पक्षघात भएको बिरामी जव देशकै प्रतिस्ठित अस्पताल ल्याई पुर्याईन्छ- अस्पताल भन्छ- तुरुन्तै २० लाख जम्मा गर । अनि हामी अप्रेसन गर्न चाहिने सामान र जनशक्ती बाहिर बाट मगाउँछौ ।

उसले भनिरहन्छ-
पैसा, पैसा , पैसा………

आफन्तहरुसँग अल्मलिनुको अर्को बिकल्प रहन्न । महङ्गो भयो भनेर अर्को अस्पताल लानको लागी अप्सन छैन ।

उक्त अप्रेसन त्यो अस्पताल भन्दा अन्त हुनै सक्दैन रे !

बिकल्पको रुपमा रहेको सरकारी अस्पतालको ट्रमा सेन्टरमा रहेको मेसिन बिग्रेको कारण

लाखौ खर्च गरेर उक्त अस्पतालमा उपचार गर्नु बाहेक केहि अर्को उपाए छैन । 

हत्तेरिका, यस्तो पनि देश !!

बिकल्पै नभएसी,
करिब ३०/ ३५ लाख खर्च लाग्ने उक्त अस्पतालमा पैसा डिपोजिट गरिन्छ ।

बढो जुगाडले भनेजति २० लाख पैसो डिपोजिट भयो, तर उपचार तत्कालबाट सुरु हुन्न ।

पैसो बुझाएसि,
सामान मगाउनि रे ! जनशक्ति मगाउने रे !

अनि बल्ल दुई/ चारदिनमा सामान आएसि उपचार सुरु हुने रे !

त्यतिन्जेल आईसियुमा राखिएको बिरामीको बारेमा के हुन्छ भन्न नसकिने रे !

त्यत्रो २० लाख बुझाउँदा पनि ल अब उपचार हुने भयो भन्ने आधार आफन्तहरुलाई छैन ।
अस्पतालले सजिलै भन्छ- हाम्रो हातमा केहि छैन ।

र पनि आफन्तहरुका बिच सहनुको बिकल्प छैन ।

हत्तेरिका, यस्तो पनि देश !!

परेपछी थाहा हुँदोरहेछ,
देश कस्तो छ । देशको स्वास्थ्य अबस्था कस्तो छ । हामी कुन युगमा छौँ ।

यो देशमा सामान्य मान्छे बाँच्ने आधार के हो ?

यो देशमा कस्ता मुद्धाहरुमा राजनीति भैरहेको छ !

हत्तेरिका,
यस्तो पनि देश !!

प्रतिक्रिया दिनुहोस्