कविता शिर्षक : चिन्ता

| २०८० चैत १५ गते २१: ५५ मा प्रकाशित

आँखा सम्झदा आँसु आयो 

पीडा सम्झदा घृणा 

प्यार सम्झिदा दुर्ववहार सम्झिए 


भविष्य सम्झदा हार सम्झे

आफन्त सम्झिदा प्रहार

संसार सम्झदा भार सम्झिए

प्रतिकार सम्झदा गुहार सम्झिए

सम्झन लाएक नै के भयो र आखिर !!

सम्झिदा मुटु चर्किन्छ 

जमिन थर्किन्छ

सास फर्किन्छ 

हुन त यो शरीर पनि त्यही चिता जस्तै न हो 

जस्को अस्तित्व मात्र रहन्छ लास रहेनासम्म ....

कुण्ठित भएका सपनाले पनि ठाउँ पाउलान नि 

प्रवास रहना सम्म…… 


जे भयो म माथी उत्तम भएन

जति कम गर्न खोजे पनि कम भएन

यो सब हेर्ने भगवान अलि नरम भएन

हुन त दुख हरदम भएन ……

यो रहर हरुमा कस्को नजर लाग्यो

खै! 


खुट्टा काटेपछी दौडमा दौडायौ

अवसर पाए पनि गति पाइएन 

ओहो! भगवानको साहारा अलिकती पाइएन

निकै नहुने रोगको औषधि पाइएन………


यस्तै उदास हुँदै एकैछिन 

राम्रो पनि सम्झिए

तर खास लागेन 

सोच्दै जादा आफ्नो पीडा आकाश लागेन 

संघर्ष उसै बकवास लागेन

अझ राम्रो सोच्दै जादा उदास लागेन

अघि सम्म आफू सासै नभएको लास लाग्थ्यो 

तर अहिले अलि आफैसँग विश्वास लाग्यो

अनि कोहि आफ्नो पनि भएको आभास

ओहो ! यो चिन्ता त साच्चै चिता सम्मको बाटो पो रैछ

धन्न म फर्किए बाटैबाट

लेखक 
बिनोद भुसाल 
छत्रदेब ०४ अर्घाखाँची

प्रतिक्रिया दिनुहोस्