मालारानी गाउँपालिका

मालारानी -२ ले ल्यायो नेपालकै पहिलाे वडा स्तरीय मोबाईल एप

२०७८ असार २४

दिपेन्द्र खत्री,अर्घाखाँची । सेवाग्राही  र कर्मचारीलाई सिधै जोड्ने उद्देश्यले वडाको सहयोगमा मालारानी -०२  एप सञ्चालनमा आएको छ। वडा भित्र आउने कार्यक्रम वडाका सेवा सुबिधा र जनप्रतिनिधि, कर्मचारी कार्यलय भए नभएकाे सबै जानकारी नपाउने समस्यालाई सम्बोधन गर्दै यो एप सञ्चालनमा ल्याइएको हो।