मालारानी गाउँपालिका

बिपन्न विद्यार्थीहरुको लागी पोशाक वितरण

२०८१ बैशाख २१

सन्जु रबि पोख्रेल ,मालारानी। अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका-४, धारापानी टाकुरामा जन्म भइ हाल रोजगारीको सिलसिलामा भारतको नोयडामा बसोबास गर्ने राम प्रसाद बन्जाडेले स्वर्गीय बुबा गोबिन्द बन्जाडे र आमा उमकला बन्जाडेको स्मृतिमा यस श्री कालिका ने.रा. माध्यमिक विद्यालय मालारानी-४, खनमा अध्ययन गर्ने गरिब तथा आर्थिक रूपमा बिपन्न विद्यार्थीहरुको लागि ८ सेट विद्यालय पोशाक सौजन्य स्वरुप उपलब्ध गराउनु भएको थियो ।