ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको कार्यक्रममा भूमिकास्थानका मेयर र उपमेयर भाद्र २२ गते बुटवल जाने

| २०८० भदौ १२ गते १४: २७ मा प्रकाशित

बुटवल । भूमिकास्थान नगरपालिकाका नगरप्रमुख (मेयर) झविलाल थापा, उपप्रमुख (उपमेयर) बालकृष्ण बञ्जाडे, वार्ड नम्बर १ का अध्यक्ष गाेपाल खनाल र २ का अध्यक्ष बुद्धिबहादुर थापा (क्षेत्री) बुटवल आउनु हुनुभएकाे छ।

भदौ २२ गते शुक्रबार ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले आयोजना गरेको तीज मिलन कार्यक्रममा मेयर थापा, उपमेयर बन्जाडे, वडाध्यक्ष खनाल र थापा बुटवल आउन लाग्नुभएको संस्थाका अध्यक्ष कृष्णप्रसाद खनालले जानकारी दिनुभएको छ।

समाजले भदौ २२ गते शुक्रबार बुटवल-१३ बेलवासमा रहेको अर्घाखाँची क्याट्रिङ्ग एण्ड पाटी प्यालेस प्रा.लीमा तीज मिलन कार्यक्रम आयोजना गरेको र उक्त कार्यक्रममा अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ (साविक ढाकावाङ्ग गा.वि.स)बाट विभिन्न शिलशिलामा रुपन्देही जिल्लामा बसाेबास गर्ने र ढाकावाङ्गमा माइत र मावल भएर रुपन्देहीमा रहेका सम्पूर्ण आमाबुबा, दाजुभाइ र दिदिबहिनीहरुलाई उपस्थितिकाे लागि अनुरोध समेत गरेको कार्यक्रम संयाेजक ज्ञानप्रसाद खनालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्