समाचार

कृष्ण कँडेल र पीडित भनिएकी महिलाले फिर्ता लिए एक-अर्काविरुद्धको मुद्दा

२०८० फागुन २३

लोकगायक एवम् चर्चित लोकदोहोरी कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा यौन दुर्व्यवहार आरोपमा दर्ता भएको मुद्दा फिर्ता गरिएको छ।काठमाडौं जिल्ला अदालतमा कँडेलविरुद्ध दर्ता गरिएको यौन दुर्व्यवहार आरोपसम्बन्धी मुद्दा पीडित भनिएकी ती महिलाले फिर्ता लिएकी हुन्।