समाचार

क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर

२०८० फागुन १४

क्रन्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्रप्रसाद बास्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर भएका छन् । दाङ जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले दोषी ठहर गर्ने फैसला गरेको हो । आइतबार फैसला सुनाएको अदालतले बास्तोलालाई १ वर्ष कैद सजाय तोकेको छ ।