अर्घाखाँचीकाे पालिमा ट्याक्टर दुर्घटना हुँदा १ जनाकाे मृ'त्यु

| २०७९ माघ २८ गते १५: ५० मा प्रकाशित

पाणिनी। अर्घाखाँचीकाे पाणिनी गाउँपालिका वडा नम्बर ८ पालिमा ट्याक्टर दुर्घटना हुदा १ जनाकाे मृत्यु भएकाे छ भने २ जना घाइते भएका छन् ।

शनिवार बिहान लु.२ त.९२७१ नम्बरकाे ट्याक्टर दुर्घटना हुदा पाणिनी गाउँपालिका वडा नम्बर ८ पालि बस्ने १८ बर्षिय हुम बहादुर कुमालकाे मृत्यु भएकाे हाे ।

दुर्घटनामा परि अन्य २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरे जानकारी दिए । घाइते हुनेमा चालक २२ बर्षिय चाम बहादुर कुमाल र  ३९ बर्षिय शंकर बहादुर कुमाल रहेका छन् । उनिहरूलाइ उपचारकाे लागि पाल्पा पठाईएको छ ।

ट्याक्टरको ब्रेक फेल भई बाटोबाट अन्दाजि १५० मिटर तल खसी दर्घटना भएकाे थियाे । प्रहरीका अनुसार घटनाकाे थप अनुसन्धान भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्