अर्घाखाँचीमा पहिलो पटक वडाको आफनै आवधिक योजना बनाउँदै धातिवाङ्ग

| २०७९ चैत २४ गते १९: १४ मा प्रकाशित

कमला घिमिरे,पाणिनी। वडाको दिर्घकालीन विकासका लागी अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गले आवधिक योजना निमार्णको काम सुरु भएको छ। धातिवाङ्गले बालमैत्री योजना, वडा प्रोफाइल र आवधिक योजना तयारी सुरु भएको छ । शुक्रबार देखि सुरु भएको आवधिक योजना सनिवार सम्म चल्ने भएको हो ।

जिल्लामै वडा कार्यालयले पहिलोपटक चरणवद्ध रुपमा विकासका लागी योजना निमार्ण गर्न सुरु गरेको हो । वडामा गर्नुपर्ने विकासका समस्यालाई राम्ररी अध्ययन गरी ५ वर्षभित्रमा गर्न सक्ने योजनाको रणनिती तयार सुरु भएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । वडा अध्यक्ष पौडेलले आवधिक योजनाले जनताका आधारभुत आवश्यकता पुरा गर्न सक्ने अपेक्षा लिएको बताए । उनले यहाँ उत्पादन भएका स्थानिय बालीलाई बजारीकरणलाई प्राथमिकता दिने बताए । वडा बासीको समस्यालाई राम्ररी अध्ययन गरेको बताउदै त्यसलाई समाधानमा आफु निरन्तर लाग्ने बताए ।

गाउँपालिकाले समेत गर्न नसकेको आवधिक योजना ६ नं. वडा कार्यालयले गरेकोले उदाहरणीय कार्य भएको पालिका अध्यक्ष टेकराज न्यौपानेले बताए । न्यौपानेले सबै वडा र पालिकाले समेत आवधिक योजना बनाउनुपर्ने आवश्यक रहेको बताउदै योजना अनुसार काम गर्दा विकासले गति लिन सक्ने बताएका थिए ।

“पालिकाको पनि आवधिक योजना बनाउन आवश्यक छ तर विभिन्न कार्यहरुले गर्दा बनाउन सकेका छैनौं, यस वडाले आवधिक योजना तथा वडाको प्रोफाइल बनाउने कार्य सबैका लागि उदाहरणीय छ ।” उनले भने “बनेका योजनालाई कार्यन्वयन गर्न पालिकाबाट सक्ने पलह गर्ने छौं, वडा बासी सबैले आफ्नो योजना सम्झिए योजना सफल हुने छ ।
धातिवाङ्गको स्थानिय स्रोत र साधनको प्रयोग गरेर समृद्धि धातिवाङ्ग बनाउन सकिने योजना विज्ञ इन्द्रमणी पौडेलले बताए । उनले योजना बनाउदा आफुसँग जे छ त्यसैलाई प्रयोग गरेर बनाउनुपर्ने बताए ।

धातिवाङ्गका स्थानिय समेत रहेका डा. पौडेलले आफु जहाँभएपनि वडा बासी र धातिवाङ्गको मायाले सताउने बताउदै धातिवाङ्गको विकासको लागि निरन्तर लागिरहेको र आगामी दिनहरुमा पनि लाग्ने बताए ।

“म जहाँभएपनि मेरो मन धातिवाङ्गको माटो मै रहन्छ, यहाँको विकासको लागि हालसम्म निरन्तर लागिरहेको छु, आगामी दिनहरुम्ँ पनि निरन्तर लाग्ने छु ।” उनले भने “योजना विना विकास सम्झव नभएकोले आवधिक ५ वर्षे योजना बनाउन लागेका हौ.।”

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नम्रदा पौडेल गौतमले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै योजना बनाउर्नेदा शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्ने बताइन ।

बनेका ५ वर्षे आवधिक योजनालाई कार्यन्वयन गर्न सबै पक्ष राजनिति भन्दा माथि उठ्नुपर्ने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताए । भुसालले वडा नं. ६ ले योजना तर्जुमा जस्तै जग्गा वर्गिकरणको कार्य पनि अघि बढाए अझ उदाहरणीय हुने बताए ।

कार्यक्रममा विषय विज्ञ हिम्मतसिंह लेकालीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको सहभागीता रहेको थियो । कार्यक्रम वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षता र वडा सचिव गिता वाग्लेको संचालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्