मैदानका बेदराज घिमिरेको परिवारद्वारा एक विद्यालयमा अक्षयकोषको स्थापना

| २०८० मंसिर २२ गते १९: २८ मा प्रकाशित

सुर्य भुसाल ,सन्धिखर्क। अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वडा नं. ५ मैदानमा जन्मनुभएका बेदराज घिमिरेको परिवारले एक विद्यालयमा अक्षयकोषको स्थापना गर्नुभएको छ ।

 भानु माध्यमिक विद्यालयमा सुरुमा अध्ययन गरेको विद्यालय भएकाले स्व. बुबा चेतनारायण घिमिरे र स्व. आमा रेणुकला घिमिरेको सम्झनामा उक्त विद्यालयमा अक्षयकोषको स्थापना गर्नुभएको छ । स्व. आमा रेणुकला घिमिरेको आज परेको एकादशि तिथिको अबसर पारेर भानु माध्यमिक विद्यालय मैदानमा चेतनारायण, रेणुकला गरिब तथा जेहेन्दार अक्षयकोषको स्थापना आजबाट भएको छ । रु १ लाख ५१ हजार १ सय ११ रुपैँयाको चेक विद्यालयका प्रअ जिवलाल 
पोख्रेललाई हस्तान्तरण गर्दै वेदराज घिमिरेले अक्षयकोष स्थापना गर्नुभएको हो ।

अक्षयकोष स्थापना गर्दै उहाँले भन्नुभयो ‘मैले हरेक वर्ष सामाजिक क्षेत्रमा लगानी गर्दै आएको छु, आफुले कखरा सिकेको विद्यालयमा अक्षयकोष स्थापना गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ।’ २०५२ सालमा युवावर्ष मावि हटारीनेटामा एक हजार एक सय रुपैँया सहयोग गरी सामाजिक क्षेत्रमा कार्य गर्न सुरु गरेको वेदराज घिमिरे परिवार मार्फत शान्तिबगैँचाको योगा भवनमा २५ हजार, बल्कोट पौवामा ५१ हजार, मथुरा कृषि क्याम्पसमा १ लाख ११ हजार, पाणिनी बहुमुखी क्याम्पसमा १ लाख ११ हजार सहित देउघाटमा वृद्धाआश्रममा पनि १ लाख ११ हजार १ सय ११ रुपैँया सहयोग गरेको उहाँको परिवारले जनाएकोछ । कोरोनाको समयमा जिल्ला अस्पताल तथा काराकारका कैदीहरुलाई १ महिनाको खाना सहयोग गरेको बेदराज घिमिरेले बताउँनुभयो । सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदै अत्यन्तै मन खुसी हुन्छ, उहाँले भन्नुभयो । 

भानु माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनामा बेदराज घिमिरेको श्रीमती अमृता घिमिरे, छोरी अविना घिमिरे, दाजु मित्रदेव घिमिरे, भाई लेखनाथ घिमिरे लगाएतका परिवारजनको उपस्थिती रहेको थियो ।

कार्यक्रम विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष पिताम्बर गैरेको अध्यक्षता, विद्यालयका प्रअ जिवलाल पोख्रेलको सञ्चालन र पण्डित ईश्वरी प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

कार्यक्रममा भुमि आयोग अर्घाखाँचीका अध्यक्ष यादव घिमिरे र पुर्व वडा अध्यक्ष जिवलाल घिमिरेले मन्तव्य राख्दैँ विद्यालयमा अक्षयकोष स्थापना गरिएको कार्य उत्कृष्ट भएको भन्दै घिमिरे परिवारको प्रंशशा गर्नुभएको थियो । अक्षयकोष स्थापना सँगै फुल, माला र दोसल्लाले बेदराज घिमिरेको सम्पुर्ण परिवारलाई विद्यालयले सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्