पाणिनी मा नि:शुल्क आँखा शिविर,उपचार र मोतिबिन्दुको अपरेसन हुने

| २०८० पौष ५ गते १५: २२ मा प्रकाशित

पाणिनी गाउँपालिकामा निशुल्क आँखा शिविर,उपचार र मोतिबिन्दुको अपरेसन हुने भएको छ।

west Nepal Development Trust बुटवलको आयोजना, पाणीनी गाउँपालिकाको सहयोग- व्यवस्थापन र नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र अर्घाखाँचीको प्राबिधिक सहयोगमा यहीँ पुष ६ गते निशुल्क आँखा स्वास्थ्य शिवीर हुन लागेको हो।

एक दिने आँखा शिविर गाउँपालिकाको दुर्गाफाट बरकारुख आयुर्वेद भवनमा हुने गाउँपालिकाले सुचना जारी गर्दै उल्लेख गरेको छ।

निशुल्क आँखा शिविर यहीँ पुस ६ गते हुने भएकाले गाउँपालिका भित्रका आँखा सम्बन्धि समस्या भएका बिरामिले सम्पर्क गरि सेवा लिन सक्ने गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताउनुभयो।

निशुल्क आँखा स्वास्थ्य शिवीर 

 

प्रतिक्रिया दिनुहोस्