पाणिनी गाउँपालिकाको छैठौं राष्ट्रपति रनिङ्शिल्ड खेल धातिवाङ्गको थामकाचौर खेल मैदानमा हुने

| २०८० पौष १३ गते २०: ३६ मा प्रकाशित

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताका अधिकांश खेलहरु धातिवाङ्गमा हुने भएका छन् , पुस १७ गतेदेखि १९ गते सम्म हुने खेलहरु मध्ये पुस १८ गते भलिबल बाहेकका अन्य खेलकुद प्रतियोगिताहरू पाणिनि गाउँपालिकाकै आकर्षक खेलमैदान थामकाचौरमा हुने वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

खेल हुने थामकाचौर खेल मैदानको निरीक्षण तथा आगामी दिनमा मैदानलाई स्तरोन्नती गरि जिल्लाकै उत्कृष्ट खेलमैदान बनाउने सकिने लक्ष्य रहेको छ ।

उक्त खेल हुने मैदानमा आज पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, वडा अध्यक्ष कृष्ण पौडेल, शिक्षा अधिकृत तेजबहादुर खनाल, पाणिनी गाउँपालिकाका प्राविधिक सहित स्थानीय सरोकारवालाहरूको उपस्थितिमा अनुगमन तथा निरीक्षण गरिएको छ ।

१८ गते हुने खेलकुदका कार्यक्रहरुलाई व्यवस्थीत बनाउँन खेलमैदान तयार गर्ने कार्य तत्काल हुने शिक्षा अधिकृत तेजबहादुर खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्