पाणिनी गाउँपालिका स्तरिय प्रथम वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता धातिवाङ्गले गराउँने

| २०८० पौष १६ गते २०: ४० मा प्रकाशित

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं। ६ धातिवाङ्गले प्रथम वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता गराउँने भएको छ । पाणिनी गाउँपालिका स्तरिय क्रिकेट प्रतियोगिता धातिवाङ्गमा रहेको थामकाचौरमा हुने वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


खेलमा प्रथम हुनेलाई नगद रु १८ हजार ट्रफी र प्रमाणपत्र, द्रोसो हुनेलाई नगद रु १२ हजार र प्रमाणपत्रको व्यवस्था गरिएको छ । पाणिनी गाउँपालिका स्तरिय खेल हुने भएकाले ८ वटै वडाको सहभागीता रहने आयोजकले अपेक्षा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्