पाणिनीमा पर्यटन प्रवर्द्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम संचालन

| २०८० पौष १९ गते १८: ३१ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी।नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा अर्घाखाँचीले संचालन गर्न लागेको पर्यटन प्रवर्द्धन कार्यक्रम १४ गते देखि  जिल्लाका विभिन्न वडाहरुमाअन्तरक्रिया कार्यक्रम संचालन भएका छन । 

 यसैबीच आज पाणिनी गाउँपालिकाका वडा नं ३ / र ४  वडाहरु  खिदिम र पटौटी मा  पनि अन्तर्क्रीया कार्यक्रम सम्पन्न भएका छन। खिदिममा आयोजित कार्यक्रममा वडा युवराज ज्ञवालीले पत्रकार महासङ्घले शुरु गरेको यस अभियानले सार्थकता पाउने बिश्वास गर्दै स्थानिय पर्यटकीय स्थलको प्रवर्द्धन गर्न र प्रचारप्रसारमा आफुहरुको साथ रहने बताएका छन । 

वडाका जनप्रतिनिधि, स्थानीय बिधालयका प्रधानाध्यापक तथा शिक्षकहरु, स्वास्थ चौकी प्रमुख, महिलास्वास्थ्य स्वमसेविका तथा स्थानिय बुद्धिजीवी लगयत्को उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित ब्याक्तित्वहरुले खिदिममा रहेका धार्मिक एतिहासिक तथा पर्यटकिय महत्त्व बोकेका स्थलहरुको चर्चा गरेका थिए ।

यस्तै आजै पाणिनी गाउँपालिकाको वाडा न. ४  पटौटि मा  आयोजित अन्तरक्रिया कार्यक्रममा वडाध्यक्ष हरि  घिमिरेले  पटौटी पौराणिक महत्व बोकेका गरिमा र पर्यटकीय स्थलहरु प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताउदै यिनको सम्भावना लाई उचाइमा पुर्याउन पत्रकार महासङ्घको यो अभियानले सहजता हुने बिश्वास ब्याक्त गरेका छन ।

कार्यक्रम खिदिम स्थित बिधालयका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो ।

दुवै वडामा भएका कार्यक्रममा पत्रकार महासङ्घ केन्द्रिय सदस्य  राधा नेपाली कार्यक्रमको उद्देश्यको बारेमा स्पष्ट पारी दिनुभएको थियो!!भने पत्रकार कमला घिमिरेको स्वागत मन्तव्य र  नेपाल पत्रकार महासंघ  अर्घाखाँचीका सदस्य नारायण पोख्रेलको संचालनमा सम्पन्न भएको हो। 

प्रतिक्रिया दिनुहोस्