विश्व हिन्दु युवा सङ्घको प्रसारण विभागमा अर्घाखाँचीका घिमिरे मनोनित

| २०८० पौष १९ गते १९: १४ मा प्रकाशित

काठमाडौं ।विश्व हिन्दु युवा सङ्घले केन्द्रीय प्रसारण विभागको सह-संयोजकका रुपमा अनन्तप्रसाद घिमिरेलाई मनोनित गरेको छ । केन्द्रीय कार्यालय काठमाडौंमा बसेको उपलब्ध पदाधिकारीको वैठकले उनलाई उक्त पदमा मनोनित गरेको हो ।

विश्व हिन्दु युवा सङ्घको स्थापना कालदेखि नै अत्यन्तै सक्रिय घिमिरेले विगत लामो समयदेखि विभिन्न शैक्षिक संस्थाहरुमा अध्यापन गरेको अनुभव लिइसकेका छन् । पुूर्वीय सस्कृति र सभ्यताको संरक्षण एवं सम्बर्द्धनमा काम गर्दै आइरहेका घिमिरे विभिन्न पत्रपत्रिकाहरुमा लेखकका रुपमा समेत रहेका छन् । नेपाली र संस्कृत विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका घिमिरे एक आध्यात्मिक साधक समेत हुन् । रास्ट्रगुरु योगी नरहरिनाथको सिद्धान्तलाई आत्मसात् गर्ने शिष्यको रुपमा उनको परिचय रहेको छ । जस्तोसुकै परिस्थितिमा पनि सत्कर्म र न्यायको पक्षमा लाग्नुपर्छ भन्ने घिमिरेले हिन्दु धर्म र सनातन संस्कृतिको उन्नयनमा अझ बढी लाग्ने बताएका छन् ।

विश्व हिन्दू युवा संघको प्रसारण विभागमा घिमिरेले  संगठन, मौलिक धर्म, संस्कृति र सभ्यताको रक्षाको लागि विशेष योगदान गर्नेमा आफू पूर्णरूपमा विश्वस्त रहेको विश्व हिन्दु युवा संघका केन्द्रीय अध्यक्ष ऋषिकेश जङ्ग शाहले बताएका छन् ।

त्यसैगरी आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले कार्यालय सचिबको जिम्मेवारी दोलखाका रुपिन खड्कालाई दिएको केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्