पाणिनी महोत्सवको पाँचौं दिनमा गायिका एलिना चौहान आउँदै

| २०८० फागुन २७ गते २२: ३० मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। अर्घाखाँचीको पाणिनी गाउँपालिकाको कुरुले फाँटमा चलिरहेको सातौं पाणिनी दुर्वाशेश्वर पर्यटन महोत्सवको पाँचौ दिन २८ गते पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान आउने भएकी छन् ।

पछिल्लो समय युवापुस्ताको मनमुटुमा बस्न सफल गायिका चौहान संगै बिजय सुनाम, राजेन्द्र पोखरेल, टिकाराम गौतम, तिलक बेल्बासे, रुकमिणा घिमिरे लगाएत कलाकारहरुको आगमन हुने छ ।

पाणिनि पर्यटन समाजको आयोजनामा संचालित महोत्सवको चौथो दिन २ हजार ५ सय बढी दर्शकले अवलोकन गरेको मिडिया संयोजक शिवराज बेल्वासेले जानकारी दिए ।

फागुन २४ गतेबाट सुरु भएको मेला २८ गते भोलि समापन हुदैछ ।

प्रतिक्रिया दिनुहोस्