राजनीतिमा सक्रिय आचार्य क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन

| २०७८ भदौ २० गते १८: ०९ मा प्रकाशित

अर्घाखाँची । विद्यार्थी नेता ओमहरी आचार्य नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन् । सानैदेखि नै राजनीतिमा सक्रिय आचार्य सन्धिखर्क नगरपालिका–११ बाट क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका हुन् । 

कांग्रेसको १४ औं महाधिवेशन अन्तगर्त शुक्रबार सम्पन्न वडा अधिवेशनबाट राजनीतिमा क्रियाशील रहेका उनले क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका हुन् । उनी नेपाल विद्यार्थी संघ लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका उपसभापति पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्