सन्धिखर्क नगरपालिकाद्वारा पहिलो सेवाग्राही बिमला कुमाल सम्मानित

| २०७८ भदौ २२ गते १८: १० मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। सन्धिखर्क नगरपालिकाले पहिलो सेवाग्राहीलाई सम्मान गरेको छ । 

निजामति सेवा दिवसको उपलक्ष्यमा पहिलो सेवा ग्राहिलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत पहिलो सेवा ग्राहिको रुपमा सन्धिखर्क ५ वांगलाकी  बिमला कुमाललाई नगरपालिकाले सम्मान गरेको हाे । 

वडा नम्बर ५ बाट नगरपालिकामा तिराे तिर्न आउनु भएकी कुमाल सम्मानित हुनु भएको छ । पहिलाे सेवाग्राही कुमाललाई   प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले टीका तथा खादाबाट सम्मान गर्नु भएको हो ।

१८ औँ निजामती सेवा दिवसको अबसरमा नगरपालिकाले नगरपालिकाकाे परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । आजै बृक्षाराेपण कार्यक्रम र रक्तदान कार्यक्रमकाे समेत अायाेजना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाइ छ । 

कार्यक्रममा नगरपालिकाका अधिकृत छैठौं जीवनारायण अाचार्य, बालबहादुर घर्ती , थानबहादुर महत्रा, राेजगार संयोजक हिरामणी पराजुली , अाइटी अफिसर विशाल महत, महिला ज्येष्ठ नागरिक तथा बालबालिका शाखा प्रमुख बेलकुमारी परियार लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्