द रेन्बो युथ क्लब सन्धिखर्क ९ र अर्घा कृषक मिलन कृषि समुहको संयुक्त पहलमा सडक मर्मत कार्य सम्पन्न( तस्विर -भिडियो सहित)

| २०७८ असोज ३ गते १७: ५९ मा प्रकाशित

हरिशचन्द्र बिश्वकर्मा,अर्घाखाँची।सन्धिखर्क नगरपालिका वार्ड नम्बर ०९ अर्घाको पर्यटकिय क्षेत्र भित्र पर्ने अर्घा पाठशाला,कुडापानी हुँदै अर्घाकै मुटु रहिस्चौर क्षेत्र,कुडापानी,रानिगैरा,खरिया हुँदै वडारपानी खोल्सी सम्मको मोटार बाटाे केही दिन अघिको अबिरल बर्षाको कारणले गर्दा अत्यन्तै जिर्ण,कष्टकर,जोखिम युक्त भएको स्थानमा द रेम्बो युथ क्लबका युवाहरुर  स्थानीयहरुको सहयोगमा मोटरबाटो मर्मत कार्य सम्पन्न भएको छ। 

 यातायातका साधान सङ्गै पैदल यात्रुहरु लाई समेत हिडडुल गर्ने अत्यन्तै कठिनाई उत्पन्न भैई असहज परिस्थितिको श्रृजना भएको महसुस भएको कारणले गर्दा  आजको मिति २०७८ साल असौज ०३ गते आईतवारको दिन अध्यक्ष :छबिलाल भुसाल,सचिब:बल बहादुर रायमाझी,कोषाध्यक्ष:राम बहादुर थापा ,श्री अर्घा कृषक मिलन कृषि समूहका अध्यक्ष:बिस्नु परियार,सचिब:वसन्त बि.क "द रेन्बो युथ क्लब"का सदस्यहरुको उपस्थिति,मा सडक मर्मत कार्य सम्पन्न भएको हो। 

प्रतिक्रिया दिनुहोस्