नेकपा (एमाले ) सन्धिखर्क नगर कमिटी नगर कार्यालय काे बिस्तारित बैठक सम्पन्न 

| २०७८ कार्तिक ३ गते १८: २६ मा प्रकाशित

हिम "लेकाली,अर्घाखाँची ।नेकपा एमाले सन्धिखर्क नगर कमिटी नगर कार्यालयकाे बिस्तारित बैठक मदन अाश्रीत स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएकाे छ ।

नगर अध्यक्ष श्री कृष्ण भुसालकाे अध्यक्षतामा सम्पन्न बैठकले बिभिन्न समसामयिक बिषयमा छलफल  गरि निर्णय लिएकाे  छ ।
 बैठकले  नेकपा (एमाले) काे यहि कार्तिक ६ गते सन्धिखर्क नगरपालिका १२ वाेटै वडामा हुने वडा अधिवेशन तथा कार्तिक ९ गते हुने पालिका स्तरिय अधिवेशन सम्पन्न गर्नका लागि ९ सदस्यीय सचिवालय काे गठन गरेकाे छ । 

श्रीकृष्ण भुसालकाे  संयाेजकत्वमा गठित सचिवालयमा शिव अधिकारी,बिष्णु परियार ,कुशल भुसाल ,बल बहादुर रायमाझी ,लक्ष्मण पराजुली ,टाेपलाल खनाल ,देवी थापा भुसाल ,कमला भण्डारी ,सदस्य रहनु भएको छ ।

नगर सचिव शिव अधिकारीकाे सन्चालनमा सम्पन्न बैठकमा प्रमुख अतिथि नेकपा ( एमाले ) प्रदेश कमिटी सदस्य के.बि. भुसाल ले बैठकमा सम्बाेधन गर्दै सबै अधिवेशनहरू सर्बसम्मत रूपमा सम्पन्न हुने बताउनु भएको  छ । उहाँले कमरेडहरूकाे याेग्यता क्षमता र कृयाशिलताकाे आधारमा जिम्मेवारी प्रदान गरिने  बताउँदै सबै वडा अधिवेशनहरू भव्य र सभ्य रूपमा सम्पन्न गर्न निर्देशन समेत दिनु भएको छ  ।बैठकमा  विशेष अतिथि नगर कमिटी ईन्चार्ज  युवराज श्रेष्ठ ,नगर सह ईन्चार्ज राम बहादुर रायमाझी (क) एवं  शंम्भु पाेख्रेल ले आफ्ना धारणाहरू राख्नु भएकाे थियाे ।

बैठकमा जिल्ला कमिटि सदस्य रामचन्द्र पाेख्रेल ,माेतिजङ्ग रायमाझी ,धुर्व आचार्य ,नारायण अर्याल लगायतकाे उपस्थिति रहेकाे थियाे ।
बैठकले  वडा अधिबेशन  सम्पन्न गर्नका लागि सन्धिखर्क नगर अन्तरगत जिल्ला कमिटीमा रहने कमरेडहरू लाई जिम्मेवारी समेत प्रदान गरिएकाे अधिबेशन सचिवालय सदस्य तथा नेकपा एमाले वडा नं   १ अध्यक्ष लक्ष्मण पराजुलीले बताउनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्