अर्घाली सम्बद्ध रायमाझी बन्धुहरुको कुलपुजा आउँदो मङ्सिरे पुर्णिामाको दिन हुने

| २०७८ कार्तिक २६ गते १८: १४ मा प्रकाशित

बलराम रायमाझी।
कार्तिक २६ -  सन्धिखर्क नगरपालिका वार्ड नम्बर ०९ अर्घा सम्बद्ध रायमाझी बन्धुहरुको कुल पुजा (देवाली) यहि मिति २०७८ साल पौष ०४ गतेका दिन(मङ्सिरे) पुर्णिामाको दिन)हुने पक्का भएको छ।

०७८ सालको बैशाख मा सम्पन्न गर्नु पर्ने उक्त कुलपुजा आक्रन्त कोभीड १९ को कारण बाट स्थगित गरिएको थियो।आज स.न.पा.०९ अर्घा फलेपथमा अर्घाली सम्बद्ध रायमाझी बन्धुहरुको व्यापक उपस्थितिमा कुल पुजालाई मर्यादित तरिकाले के कसरी सम्पन्न पार्ने भन्ने बिसयमा भेला तथा बैठक सम्पन्न भएको छ।

बैठक तथा भेलाले लिएका महत्वपूर्ण निर्णयहरु- 

१-रायमाझी कुलायन घरको नवनिर्मित भवनमा रङ्गरोहन गर्न करिब एक लाख पचास हजार लाग्ने आकलन गर्दै उक्त रकमको ब्यबस्थापन बन्धुहरु भित्रै सम्भाब्यताको खोजी गर्न रकम जोहो सम्बन्धि कार्यदल गठन गरिएको छ जसमा पिताम्बर रायमाझी,खिमचन रायमाझी,राम बहादुर रायमाझी "क" नारायण बहादुर रायमाझी "टाकुरा माईला बुवा"राम बहादुर रायमाझी "ख" नारायण बहादुर रायमाझी "नौलापानी बुवा" श्याम बहादुर रायमाझी,तुल्सिराम रायमाझी,सुरज रायमाझी,सिबल रायमाझी,काजिमान रायमाझी,बल बहादुर रायमाझी लगाएत रहेका छन।

२-यहीँ मिति २०७८ साल मङ्सिर १५ गते भित्र बन्धु श्याम बहादुर रायमाझी समक्ष प्रती रायमाझी बन्धुहरुको प्रती घर बाट रु १०००/ (एक हजार )रुपैयाँ का दरले एक द्वार प्रणाली बाट रकम जम्मा गर्ने।

-हाल साबिक रायमाझी बन्धुको पुरानो घरमा रहेका कुल देवता नवनिर्मित भवनमा स्थानन्तरण गर्न आबश्यकिय प्रबन्ध (पुजा आर्चना)सहित  कार्य सम्पन्न पार्न बन्धुहरु नारायण बहादुर रायमाझी,पशुपति रायमाझी,बल बहादुर रायमाझी,तुल्सिराम रायमाझी,श्याम बहादुर रायमाझी रहेको कार्यदल गठन गरिएको छ!!आज बैठक सम्पन्न हुँदै गर्दा रायमाझी बन्धुहरुको नवनिर्मित भवनमा रङरोहन गर्ने प्रयोजनको लागि स.न.पा.०९ अर्घा कफ्लेनी निबासी हाल सन्धिखर्क निवासी सामाजिक ब्याक्तित्व बन्धु तोज बहादुर रायमाझीका छोरा हाल काठमाडौं बसोबास गर्दै आउनु भएका बन्धु सुरज रायमाझी ज्यु बाट रु ५१०००/(एकाउन्न हजार)दिने घोषणा गर्नु भएकोमा सम्पुर्ण बन्धुहरुको तर्फ हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गरिएको।

४-रायमाझी अग्रज बन्धुहरुले अबलम्बन गर्दै आएका सास्कारिक पक्षहरुको अनुसरण गर्दै फेरिदो परिस्थितिमा कतिपय नयाँपनाका कुराहरुलाई सिरोधार्य गर्ने।
   
पुनःस्च-रायमाझी बन्धुहरुको कुलपुजा भब्य अनि सभ्य तरिकाले सम्पन्न पार्ने हाम्रो मुख्य अबिभारा रहेकोले आफू सक्दो सांस्कारिक परम्पराको निरन्तरता दिन सबै सबैमा अपिल गरिएको बल बहादुर रायमाझीले अर्घाखाँची बुलेटिनलाई जानकारी दिएका छ्न।

प्रतिक्रिया दिनुहोस्