सन्धिखर्क नगरपालिका अर्घाखाँचीले आर्थिक बर्ष २०७७/०७८ को बार्षिक समिक्षा एक कार्यक्रम बिच सार्बजनिक

| २०७८ कार्तिक २९ गते १९: ५२ मा प्रकाशित

अशोक खनाल,सन्धिखर्क। सन्धिखर्क नगरपालिका अर्घाखाँचीले आर्थिक बर्ष २०७७/०७८ को बार्षिक समिक्षा एक कार्यक्रम बिच सार्बजनिक गरेको छ।
   
जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालको प्रमुख आतिथ्यता मा शुरु कार्यक्रममा सन्धिखर्क नगरपालिका का नगरउपप्रमुख ठाकुर कुमार बिक , प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे , प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल , राजनैतिक दल नेकपा एमालेका नगर अध्यक्ष श्रीकृष्ण भुसाल , नेपाली काङ्ग्रेसका नगर सभापति बाबुराम भुसाल , माओबादी जिल्ला समन्वय समिति सदस्य भेष बहादुर केसि , राजमोका नगर अध्यक्ष कमल प्रसाद भुसाल  नगर प्रबक्ता लिलाराम गौतम लगायत वडा अध्यक्षहरु कार्यपालिका का सदस्य नगरपरिषद सदस्य नगरभित्रका १२ वटा शाखाका शाखा प्रमुख हरु लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा बिषयगत शाखाका प्रमुख हरुले आ आफ्नो  शाखाको प्रगति विवरण प्रस्तुत गतेका थिए ।समिक्षा कार्यक्रममा समन्वय प्रमुख पिताम्बर शर्मा भुसाल ,राजनैतिक दलको तर्फबाट  नेकपा एमाले नेता श्रीकृष्ण भुसाल वडा म.६ का वडा अध्यक्ष कृष्ण बहादुर आचार्य ,नगरपरिषद सदस्य लक्ष्मण पराजुली पत्रकार महासंघका अध्यक्ष अशोक खनालले समिक्षा कार्यक्रम सफलताको शुभकामना ब्याक्त गरेका थिए ।
 
सहभागी हरुको जिज्ञासा लाई नगरउपप्रमुख ठाकुर कुमार बिक तथा प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल प्रस्ट पारेका थिए। कार्यक्रम सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल को अध्यक्षता नगर प्रबक्ता लिलाराम गौतम को स्वागत र शाखा अधिकृत मन्जु खनालको संचालन मा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्