सन्धिखर्क नगरपालिका महिला बालबालिका तथा जेष्ठ शाखा ले विभिन्न कार्यक्रम गरि अन्तर्राष्ट्रिय महिला दिवस मनायो

| २०७८ फागुन २४ गते १८: ४७ मा प्रकाशित

अशोक खनाल,अर्घाखाँची। सन्धिखर्क नगरपालिका महिला बालबालिका तथा जेष्ठ शाखा ले विभिन्न कार्यक्रम गरि अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ।

सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल को प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रम मा नगर उपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल वडा अध्यक्ष हरु कार्यपालिका सदस्य राजनैतिक दल निकट महिला संघ सङठनका प्रमुख तथा प्रतिनिधि हरु विभिन्न समुहका महिला प्रतिनिधि हरु तथा संचारकर्मी लगायत को उपस्थित रहेको थियो।

१२ औं अन्तर्राष्ट्रिय महिला दिबस को अबसार  मा विभिन्न पेशा ब्याबसाय तथा सामाजिक क्षेत्रमा  उधमसिलता गरेको भन्दै सम्मान गरिएको थियो सोही कार्यक्रम मा विभिन्न समूह हरुले लोक संकृति झल्कने आ आफ्नो प्रतिभा हरु प्रस्तुत गरेका थिए। कार्यपालिका सदस्य यम कला थापा क्षेत्रीको अध्यक्षता महिला बिकाश शाखा प्रमुख बेल कुमारी परियार को स्वागत मन्तब्य तथा तुल्सा श्रेष्ठ को संचालन मा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्