सन्धिखर्क १० मा ब्यावसायीक कृषकहरुलाई कृषि सामाग्री तथा औंजार वितरण

| २०७९ बैशाख २ गते १७: ५७ मा प्रकाशित

सन्धिखर्क। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा ब्यावसायीक कृषकहरुलाई कृषि सामाग्री तथा औंजार वितरण गरिएको छ। कृषकहरुलाई आधुनिकीकरण तथा ब्यावसायीक बनाउन कृषि सामाग्री तथा औजार वितररण गरिएको सन्धिखर्क नगरपाकिलाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए।
 
तरकारी पकेट कार्यक्रम अन्तर्गत सन्धिखर्क-१० का ब्यवसायीक कृषकहरुलाई मिनिटिलर, प्लास्टिक टनेल, पावर स्प्रे, हजारीलगायत औंजार उपकरण तथा कृषि सामाग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो। ब्यावसायीक कृषकलाई सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसालले कृषि सामाग्री हस्तान्तरण गरेका हुन्।

सामाग्री वितरण गर्दै उनले गोरु पाल्ने झन्झटबाट मुक्त हुन तथा छिटो समयमा काम गरी उत्पादन बढाउन कृषकहरुलाई आग्रह गरे। ब्यावसायीकरुपमा खेती किसानी गर्ने कृषकहरुलाई नगरपालिकाले सहयोग गर्न कुनै कसुर बाँकी नराख्ने नगरप्रमुख भुसालको भनाई छ।

प्रतिक्रिया दिनुहोस्