सन्धिखर्कको पाणिनी चोकमा अचेत अवस्थामा भेटीएका एक ब्याक्तिको उपचारको क्रममा मृ'त्यु

| २०७९ असोज २१ गते १४: ५१ मा प्रकाशित

प्रदिप बस्याल ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ का देब बहादुर मुखियाको निधन भएको छ। 

पाणिनी बहुमुखी क्याम्पस नजिकै बसोबास गर्दै आईरहेका अन्दाजी ४५/ ५० बर्षय मुखिया आज दिउँसो करिब १ :३० बजेको समयमा पाणिनी चोकको पेट्रोल पम्प  नजिकै एक घरको पिडिमा शरीर को आधा भाग पानिमा भिजिरहेको र छाताको सिरानी लगाएका उनि अचेत अवस्थामा भेटीएका थिए। 

अचेत अबस्थामा रहेका मुखियालाई नेपाल प्रहरी को टोलि र स्थानीयहरुको सर - सल्लाह मा उपचारका लागि अर्घाखाँची जिल्ला अस्पताल पठाईएको थियो ,बिडम्बना देब बहादुर को चेकजांच पछि डाक्टरहरुले मृत घोषणा गरिदिएको खबर प्राप्त भएको छ। 

मुखियाको मदिरा सेवन र बर्षामा भिज्नुको कारण ,चिसोले मृ'त्यु भएको हुन् सक्ने स्थानीयहरुको अनुमान रहेको छ। 

प्रतिक्रिया दिनुहोस्