नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) सन्धिखर्क नगरकमिटीको पुर्ण बैठक सम्पन्न

| २०७९ कार्तिक ३ गते १८: २४ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र ) सन्धिखर्क नगरकमिटीको पुर्ण बैठक सहिद स्मृति भबन सन्धिखर्कमा सम्पन्न भएको छ ।

माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज  ठाकुर कुमार बिकको प्रमुख आतिथ्यतामा शुरु बैठकमा माओबादी केन्द्रका लुम्बिनी  प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक राजेन्द्र भुसाल , प्रदेश सचिवालय सदस्य तथा सन्धिखर्क नगरकमिटी इन्चार्ज धर्मराज भुसाल , प्रदेश समिति सदस्य तथा वाइसीएल नेपालका प्रदेश सहसंयोजक कृष्ण सारु , प्रदेश समिति सदस्य देबबहादुर रायमाझी , प्रदेश सल्लाहकार सदस्य भेषबहादुर केसि,माओबादी नेता टोपबहादुर बलाल, प्रदेश परिषद सदस्य डिलाराम पान्डे , जिल्ला समन्वय समितिका  सदस्यहरु , नगरकमिटी पदाधिकारी तथा सदस्यहरुको उपस्थित रहेको थियो ।

जिल्ला सहइन्चार्ज  ठाकुर कुमार बिक

बैठकमा नगरका १२ वटै वडाको रिपोर्ट प्रस्तुत गर्नुका साथै ,बैठकले नगरसमितीमा रिक्त पदाधिकारी तथा सदस्यको पदपुर्ती , पार्टीका वडा स्तरीय बैठक कार्तिक- ५ गते १२ वटै वडामा एकैसाथ बैठक  सम्पन्न गर्ने  तथा आगामी निर्बाचनमा पार्टीको भुमिका बिषयमा महत्त्वपूर्ण निर्णय गरेको छ।बैठक नगरकमिटी उपाध्यक्ष सीता श्रीपालीको अध्यक्षता तथा नगर सचीव बालकृष्ण आचार्यको संचालनमा सम्पन्नमा सम्पन्न भएको थियो ।

पदाधिकारी तथा सदस्यहरु

प्रतिक्रिया दिनुहोस्