रविचित्र मा.वि.सन्धिखर्क हटारीनेटाका ९ सय विद्यार्थिले पाए आमाको झोला

| २०७९ कार्तिक ५ गते १८: ३५ मा प्रकाशित

गोपालप्रसाद भट्टराई।
कार्तिक-५,अर्घाखाँची ।
अर्घाखाँचीको युवाबर्ष जनता रविचित्र मा.वि.सन्धिखर्क–१,हटारीनेटामा अध्यनरत ९ सय विद्यार्थिलाई आमाको झोला बितरण गरिएको छ । 

रविचित्र मा.वि.को मुख्य चन्दादाता स्वर्गिय चित्रकला खनालको ४५ औं दिनको पूण्य तिथिको सन्दर्भमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म पढ्ने नौं सय विद्यार्थिलाई विद्यालय ब्याग बितरण गरिएको हो । विद्यालयको पूर्व व्यवस्थापन समिति सदस्य समेत रहनुभएकी शिक्षाप्रेमी स्वर्गिय चित्रकलाको स्मृतिमा उहाँको छोरा डि.आर.खनाल र बुहारी अन्जली खनालको हातबाट विद्यार्थिलाई ब्याग बितरण गरिएको विद्यालयका प्रधानाध्यापक टेकराज आचार्यले जानकारी दिनुभएको छ । ब्याग बितरण गर्दै स्व.चित्रकलाको छोरा डि.आर.ले विद्यालयप्रति आमाको आघात माया अन्तिम घडिसम्म दर्शिएको स्मरण गर्दै आमाको सपना साकार पार्न आफु दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 कार्यक्रममा सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले शिक्षा क्षेत्रमा स्व.चित्रकला आमाले पु¥याएको योगदानको मुक्त कण्ठले प्रशंसा गर्नुभएको छ । नगर प्रमुख श्रेठले नगरभित्र रहेका सामुदायिक विद्यालयको चौतर्फि विकासको निम्ती आफुले हरसम्भव सहयोग गर्ने बचन दिनुभएको छ । विद्यालय व्यवस्थान समिति अध्यक्ष प्रेमनारायण भुसालको अध्यक्षता, प्रधानाध्यापक टेकराज आचार्यको स्वागत मन्तव्य र शिक्षक कमल जि.सी.को संचालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरशिक्षा अधिकृत मन्जु आचार्य,विद्यालय व्यवस्थान समितिका पूर्व पदाधिकारी,बहालवाला पदाधिकारी,शिक्षक लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्