लैङ्गिक हिँसा विरुद्वको १६ दिने अभियान तथा अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न (तस्विर सहित )

| २०७९ मंसिर २१ गते १४: ४० मा प्रकाशित

अम्बिका बेल्वासे श्रेष्ठ ,सन्धिखर्क।  "सभ्य समाजको पहिचान ,लैङ्गिक हिँसा विरुद्वको अभियान " भन्ने मूल नाराका साथ् लैङ्गिक हिँसा विरुद्वको १६ दिने अभियान तथा अन्तरक्रिया कार्यक्रम सन्धिखर्क मा हिंजो सम्पन्न भएको छ। 

 लैङ्गिक  हिँसा विरुद्वको १६ दिने अभियान तथा अन्तरक्रिया कार्यक्रम सन्धिखर्क को ओल्ड एभरेष्ट होटेलमा

उक्त अन्तरक्रिया कार्यक्रममा अन्तरपार्टी महिला संजालकी अध्यक्ष इश्वरा पोख्रेलको अध्यक्षतामा लैङ्गिक  हिँसा विरुद्वको १६ दिने अभियान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो। 

कार्यक्रममा प्रमुख अथिति नेकपा माओबादी केन्द्रकी केन्द्रिय सदस्य शुशिला श्रीपाली ठकुरी रहेको थियो भने विशिष्ट अथितिहरुमा नेकपा एमालेका प्रा कमिटि सदस्य जनार्दन खनाल ,नेपाली कांग्रेसकी प्रदेश सदस्य शान्ता भण्डारी ,उप प्रमुख मिश्रा आचार्य,नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची का अध्यक्ष कुशल भुसाल ,माओवादी केन्द्रकी प्र.सचिवालय सदस्य छमकुमारी चिनारी माज सेवा तथा वातावरण समुह की मंजु भट्टराईको उपस्थिति रहेको थियो। 

प्रमुख अथिति र विशिष्ट अथितिहरु 

त्यस्तै अथिति हरुमा नेपाल ,महिला संघ नेपाल अर्घाखाँची की जानका बन्जाडे ,अखिल नेपाल महिला संघ कि अध्यक्ष  दिपा आचार्य ,अखिल नेपाल महिला संघ क्रान्तिकारीकी कमला भुसाल ,जिल्ला प्रहरी कार्यालय अर्घाखाँची कि महिला निरिक्षक रोशना घिमिरे र पत्रकार महासंघकी सदस्य अम्बिका बेल्वासे श्रेष्ठ को उपस्थिति रहेको थियो। 

लैङ्गिक  हिँसा विरुद्वको १६ दिने अभियान तथा अन्तरक्रिया कार्यक्रम सन्धिखर्क को ओल्ड एभरेष्ट होटेलमा

लैङ्गिक  हिँसा विरुद्वको १६ दिने अभियान तथा अन्तरक्रिया कार्यक्रम संचालक संगीता घिमिरेको संचालनमा सम्पन्न भएको थियो। 

 कार्यक्रम संचालक संगीता घिमिरे

 नेकपा माओबादी केन्द्रकी केन्द्रिय सदस्य शुशिला श्रीपाली ठकुरीले लैङ्गिक हिँसाको न्यूनीकरण मात्र होइन यस्को जरै बाट अन्त्य गर्नु पर्ने बताईन। साथै १६ दिने अभियान औपचारिकता मा सिमित रहेको  ठकुरीले बताउनु भयो। 

माओबादी केन्द्रकी केन्द्रिय सदस्य शुशिला श्रीपाली ठकुरी

कार्यक्रममा माओवादी केन्द्रकी प्र.सचिवालय सदस्य छमकुमारी चिनारी आफ्नो  मन्तव्य राख्दै हामीहरुले अधिकार खोज्दा कर्तव्य  बिर्सन्छौं परिवर्तन आफै बाट गर्नु पर्ने बताएईन। साथै सभ्य समाज निर्माण चाहन्छौं भने हिँसा को अन्य गर्नु पर्ने र आफ्नो तर्फ बाट आफु पनि प्रतिबद्व रहेको बताउनु भयो। 

माओवादी केन्द्रकी प्र.सचिवालय सदस्य छमकुमारी चिनारी 

नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची का अध्यक्ष कुशल भुसालले आफ्नो मन्तव्य राख्दै लैङ्गिक हिंसाको न्यूनीकरण र अन्त्य गर्न सर्वप्रथम आफ्नो घर बाट नै शुरुवात गर्नु पर्ने बताएका छन्। 

नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची का अध्यक्ष कुशल भुसाल

मन्तव्यकै क्रममा नेपाली कांग्रेसकी प्रदेश कमिटि सदस्य शान्ता भण्डारीले ब्याक्ति गत स्वार्थ भन्दा माथि उठेर लैङ्गिक हिँसालाई निर्मुल पार्ने पर्ने बताउनु भयो। साथै हिंसा मा जो पनि पर्न सक्ने र  महिला मात्र नभई केहि पुरुष हरुले पनि हिँसा को समस्याहरु खेपीरहेको बताउनु भयो। 

 नेपाली कांग्रेसकी प्रदेश कमिटि सदस्य शान्ता भण्डारी

नेकपा एमालेका प्र. कमिटि सदस्य जनार्दन खनालले अर्घाखाँची जिल्लामा हिंसामा परेका पुरुषहरुको पनि उजुरी आएको र पुरुष हरु पनि हिंसामा रहेको उनले बताए। महिला हरु पुरुष बाट मात्र हिंसामा न भएको र महिला ले महिलालाई हिँसा नगरौँ भन्ने कुरा आफ्नो मन्तव्य मार्फत संदेश दिएका छन्। 

नेकपा एमालेका प्र. कमिटि सदस्य जनार्दन खनाल

अन्तरपाटि महिला  संजालकी अध्यक्ष इश्वरा पोख्रेलले अर्घाखाँचीमा भएका हिंसाको अन्त्य गर्न पुलिस प्रशासनलाई सघाउँ र घर - घरमा सचेतना पुग्ने गरि प्रभावकारी कार्यकर्महरु राख्न अत्यन्तै खाँचो रहेको बताउनु भयो। समाज को आर्थिक अभाव ले गर्दा पनि हिँसा बढेकोले बिकास र रोजगार ले पनि हिँसा न्यूनीकरण अन्त्य गर्नमा सहज हुने बताऊ भयो। 

अन्तरपाटि महिला  संजालकी अध्यक्ष इश्वरा पोख्रेल

कार्यक्रममा महिला संघ नेपाल अर्घाखाँची की जानका बन्जाडे लागायत का बुद्विजिवी ब्याक्तित्वहरुले हिँसा विरुद्व महत्वपूर्ण धाराणा राख्नु भएको थियो। 

महिला संघ नेपाल अर्घाखाँची की जानका बन्जाडे
उप प्रमुख मिश्रा आचार्य
महिला निरिक्षक रोशना घिमिरे
लैङ्गिक हिँसा विरुद्वको १६ दिने अभियान तथा अन्तरक्रिया कार्यक्रम
लैङ्गिक हिँसा विरुद्वको १६ दिने अभियान तथा अन्तरक्रिया कार्यक्रम

प्रतिक्रिया दिनुहोस्