घर घरमा पुगेर नागरिकता बाँड्दै अर्घाखाँचीका सिडियो

| २०८० भदौ १२ गते १७: ०२ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले शारीरिक तथा मानसिक अपांगता भएका व्यक्तिकोहरुको घरघरमा पुगेर नागरिकता वितरण गरेका छन ।

प्रजिअ ढकालले मंगलबार जिल्लाको भुमिकास्थान नगरपालिका वडा न.८ को च्युरामाटी पुगि लाल बहादुर कामिका बर्ष २६ का छोरा सुभाष सुनार लाई नागरिकता हस्तान्तरण गरेका हुन ।

शारीरिक तथा मानसिक कमजोर भएका सुभाष बोल्न तथा हिड्डुल गर्न सक्दैनन् । आमा गुमाएका सुभाषका पिता लालबहादुर पनि प्यारालाइसेसबाट पीडित छन । जेठी श्रीमती गुमाइ कान्छी श्रीमती ल्याएका लालबहादुर आफू अपांग त छदै छन कान्छी श्रीमती पनि सुस्त मनस्थितीकी छन् ।

उनका हाल दुई नाबालक छोरा छन् । उक्त परिवार हाल सहाराविहिन रहेको वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

नागरिकता हस्तान्तरण गर्न प्रजिअ ढकालका साथ प्रशासकीय अधिकृत नुमलाल पन्थी, वडा न.८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, कार्यालका कर्मचारी सुदिप आचार्य कामिकै घरमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्