मन्जरी युवा क्लबले सन्धिखर्क २ मा खुल्ला वडा स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिताको आयोजना गर्ने

| २०८० भदौ २५ गते १२: १२ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ सन्धिखर्क नगरपालिका वडा न २ मा रहेको मन्जरी युवा क्लबले आफ्नो स्थापना दिबसको अबसर पारेर खुल्ला वडा स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ। 

प्रतियोगिता २०८० साल असोज ४,५ र ६ गते सम्म हुने आयोजक समुहले जानकारी दिएको छ। टिम दर्ता गर्ने मिति असोज ३ गते सम्म रहेको छ। 

सम्पर्कको लागि

अध्यक्ष विक्रम नेपाली -९८५७०८३४८४
उपाध्यक्ष राहुल नेपाली -९८६७२००८२३ 
सहसचिब बिष्णु नेपाली -९८६९४७१११२

पुरुष तर्फ 

प्रथम पुरस्कार : रु १५०००।–मेडल प्रमाणपत्र 

द्धितीय पुरस्कार : रु ८००० ।– मेडल प्रमाणपत्र 

तृतीय पुरस्कार: रु ४०००।– मेडल प्रमाणपत्र 

उत्कृष्ट खेलाडी : रु १०००।– प्रमाणपत्र 

स्पाईकर: रु १०००।– प्रमाणपत्र 

टिम दर्ता शुल्क: २००० 

महिला तर्फ 

प्रथम पुरस्कार रु १००००।– मेडल प्रमाणपत्र 

दर्ता शुल्क: रु १५०० 

टिम दर्ताको आबश्यकताको आधारमा अन्य पुरस्कार निर्धारण गरिने मन्जरी युवा क्लबले जानकारी दिएको छ। खेल सम्वन्धी केही विबाद आएमा आयोजको निर्णय नै अन्तिम हुने बताएको छ। 

टिम दर्ता २०८० असोज ०३ गते दिउसो १ बजेभित्र गरिसक्नुपर्ने क्बलले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्